१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १६:२२:oo

सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका वेला सभामुख सापकोटाकाे सो भनाइ बाहिर आएको हो।

सोमबार संघीय संसद् सचिवालय कर्मचारी युनियनले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले इतिहासले आफूलाई संघीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिलभित्रैबाट प्रण गरिरहेको बताए। उनले संसद्को कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरे।

‘हामीले जुन प्रण गरेका छौँ– संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउने। त्यो सूत्र वाक्यलाई मैले त सधैँभरि दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसद्को कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔँ,’ सापकोटाले भने।

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए–नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको जिकिर गरे। उनेले दर्शन शास्त्रलाई उद्धृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा राखे।