मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १८ सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार ११:४२:oo

राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधबीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।

बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन)र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट मन्त्री कार्कीले प्रस्तुत गरेका हुन्। 

यसअघि बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए ।  राष्ट्रिय सभाको अर्को बैठक यही असोज २४ गते दिनको २:०० बजे बस्नेछ ।