मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १६ शनिबार १८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १६ शनिबार १८:५९:००

माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो । 

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरू समान हैसियतका छन्, समान क्षमता राख्छन्’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले भने, ‘तीमध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’

बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटी बैठकले त्यसबारे निर्णय गर्ने महराले बताए ।