मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशलाई कसरी अघि बढाउने भन्नेबारे सोच्ने वेला आएको छ : पूर्वयुवराज्ञी शाह (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १८:१७:oo

पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने वेला आएको बताएकी छिन्। शुक्रबार नवलपरासीका बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने वेला आएको बताइन् । उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूले गरिबी निवारण गर्नुपर्ने बताइन् । 

युवा र महिलाहरूलाई गरिबी निवारण गर्नका लागि नयाँ ताैरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताइन्। उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअन्दाज गर्न नसक्ने बताइन्। 

मुलुकमा भइरहेको प्रतिभा पलायनलाई रोक्नुपर्ने उनले बताइन्। पूर्वयुवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताइन्। उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत  हुनुपर्ने बताइन्।