मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ असोज १५ शुक्रबार ०६:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ असोज १५ शुक्रबार ०६:३४:००

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी होहल्ला भएको र प्राधिकरणको हवाई सेफ्टी टिमले छानबिन गरिरहेकाले दुवैलाई थप दुई दिन उडान भर्न नदिने निर्णय भएको हो । 

जहाज इन्सिडेन्टमा परेयता सोमबारदेखि दुवैजनालाई उडान भर्न दिइएको छैन । पाइलट शेर्पाले उडान भरेको जहाज भने प्राविधिक चेकजाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । जहाजलाई रिलिज गरे पनि पाइलटलाई छानबिन नसकिएसम्म उडान भर्न नदिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

जहाज कुनै इन्सिडेन्टमा परेपछि पाइलटलाई केही समय उडान भर्न नदिने र अनुसन्धान गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान छ । सोहीअनुसार पाइलट र को–पाइलटलाई छोटो समयका लागि उडान भर्न नदिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।