१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १४ बिहीबार १५:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा (एस) कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो अवैधानिक : एमाले सांसद अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार १५:१८:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग अधिकारीले नेकपा (एस) अवैधानिक पार्टी भएको भन्दै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तो भएको बताएका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका अधिकारीले नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने उल्लेख गर्दै संसद्को अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए।

सांसद अधिकारीले कानुन र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने बताए।

‘तपाईंहरूले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रूपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सीधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ। नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ। संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ। एस पार्टी वैधानिक पार्टी होइन। नेकपा एस पार्टी नराखी हामी बस्न सक्छौँ। कृत्रिम गर्भधानबाट जन्मेको बच्चाजस्तो, त्यो पार्टी नै होइन,’ उनले भने।