मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १४ बिहीबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खड्काको टोली स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार १४:o५:oo

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन्। महासभामा भाग लिन ६ असोजमा न्युयोर्क गएका परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली बिहीबार बिहान स्वदेश आइपुगेको हो।

महासभा बैठकको सम्बन्धमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफूले महासभाको बैठकमा कोभिड– १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नको लागि सबै राष्ट्रहरूलाई खोप, औषधिउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको जानकारी दिए।

त्यस्तै, जलवायु परिवर्तनले नेपालको हिमालय शृंखलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्नेलगायतको विषय आफूले उठाएको उनले बताए।

परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठूलो राष्ट्र भएको हुनाले नेपालका सिपाहीलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको पनि जानकारी दिए।