मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सनराइज बैंक र आइएफसीबिच वित्तीय दुरुपयोग समाधान गर्नेबारे सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार o९:२o:oo

लक्ष्मी सन्राइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग ‘एम्पावर फाइनान्स एलायन्स’अन्तर्गत सम्झौता गरेको छ । नेपालमा यसप्रकारको पहिलो पहलका रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदम चाल्ने बताइएको छ । अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थनप्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पु¥याउनेछ ।

पति–पत्नी, वृद्व–आफन्त वा घरपरिवारका अन्य सदस्यमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनको दुरुपयोगजस्तै आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाबाट आफना लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनुजस्ता क्रियाकलाप पर्छन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउनेजस्ता गम्भीर प्रभाव पार्न पनि सक्ने जनाइएको छ ।

‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पु¥याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ । यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौँ,’ आइएफसीका बंगलादेश, भुटान र नेपालका देशीय प्रबन्धक मार्टिन होल्टमानले भने ।

‘एम्पावर फाइनान्स एलायन्स’मार्फत आइएसीले बैंकलाई सुरक्षित बैंकिङ सेवा विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ । ‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोगजस्तो महŒवपूर्ण, तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महŒवपूर्ण कदम हो,’ लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले भने । ‘आइएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवामा सुरक्षा र समावेशीतालाई पुनः परिभाषित गर्दै नयाँ मापदण्ड स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’