मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ असोज १३ बुधबार १९:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारले छापा मारेको प्रति मुख्यमन्त्री राउतको आपत्ति 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ असोज १३ बुधबार १९:४७:००

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् । प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल समाचार नयाँ पत्रिकाले बुधबार प्रकाशित गरेलगत्तै अख्तियारले छापा मारेको थियो । 

समाचार प्रकाशित भएलगतै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिवासस्थित प्रदेश २ कार्यालयले मुख्मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो करिब २ बजे छापा मारेको थियो । 

बुधबार साँझ नै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी सञ्चारमाध्ममा समाचार सार्वजनिक भएलगतै विनाकुनै जानकारी छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै आपत्ति जनाए । ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख भएको नाताले मलाई खबर गराउनुपथ्र्यो । तर, त्यो गराइएन ।’ उनले भने । 

मुख्यमन्त्री  राउतले आफू र प्रदेश सरकारलाई बदनाम गर्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको दाबी पनि गरे । सोही समाचारलाई आधार बनाएर अख्तियारले छापा मारी फाइलहरू नियन्त्रणमा लिएको उनको आरोप छ । उनले भने, ‘केही व्यक्तिहरू आफूविरुद्ध लागेको र त्यसलाई मलजल गर्न अख्तियार माध्यम बनेको छ ।’ 

अख्तियारको शैलीलाई आफूले विरोध गरेको र अख्तियार प्रमुख प्रेमकुमार राईलाई फोन गर्दा उनले आफ्नो टोलीबाट कमजोरी भएको स्वीकार गरेको मुख्यमन्त्री राउतले जिकिर गरे ।