मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार १३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटाविरुद्धका मुद्दा हेर्न नमिल्नेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार १३:५९:००

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। सर्वोच्च अदालतले  आजका लागि संवैधानिक इजलासमा पेसी तोकेकोमा हेर्न नमिल्नेमा राखिएको हो। सापकोटाविरुद्धका अवहेलना र द्वन्द्वकालीन मुद्दा गरी तीन मुद्दामा आजका लागि सुनुवाइ तोकिएको थियो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको थियो। 

सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेको छ। यसविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेललगायतले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका थिए। सभामुख सापकोटाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्दै ०६८ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो।