प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्रीलाई भेटेका हुन्। राजनीतक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ।