१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १० आइतबार १८:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री पोखरेल र इयू राजदूत नोनाबीच भेट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १८:४३:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक  भेटवार्ता भएको छ।  उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आबद्ध मुलुकहरूसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरूको पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे।  

०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निर्माणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए।  उनले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि, विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत शिक्षा क्षेत्रको सुधार, बहुक्षेत्रीय पोषणमा रहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ राखे।  उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि उपलब्ध गराएको सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन्।’  

प्रदेश सरकार कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी उनले गराए।  मुख्यमन्त्री पोखरेलले यसको क्षति आकलन र समस्यामा परेका क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रयत्न भइरहेको बताए।  

भेटवार्तामा राजदूत नोना डेप्रेले नेपालको संघीयता सुद्धृढीकरण लगायतका क्षेत्रमा इयूले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।  शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरूले काम गर्दै आएको स्मरण गराइन्।  उनले भनिन्, ‘गरिबी निवारण, बहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सघाउन इयू तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारबाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राखिन्।  

कोभिड– १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा इयूले अनुगमन पनि गरिरहेको बताइन्।  यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयूले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्नेबारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाए राखिन्।  भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए।  राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलगअलग भेट गरेकी छिन्।