मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ९ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार १४:३४:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो घोषणा गरेका हुन्।

पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्षसहित उम्मेदवारी दिन लागेको उनले प्रस्ट पारेका छन्।  उनले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४औँ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिए। आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको उनले बताए ।

‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है। मैले भने सबै नेताहरूलाई हामी सम्मान गर्छाैँ । त्याग, तपस्या, कुर्बानी उहाँहरूले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ। त्यसप्रति सम्मान छ। तर, अवसर पाएका वेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले यो लथालिंग अवस्थामा १४औँ महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने यो पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन है,’ नेता सिंहले भने।