मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ७ बिहीबार २०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिमाली जिल्लामा दसैँअगावै जिल्ला अधिवेशन सक्ने कांग्रेसको निर्णय 

Read Time : < 1 मिनेट
२०७८ असोज ७ बिहीबार २०:५६:००

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरूमा दसैँअगावै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलका अनुसार हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दसैँअगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो ।

‘२१ हिमाली जिल्लामा निर्धारित कार्यतालिकाअनुसार नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । क्रियाशील नटुंगिएका १३ जिल्लाको विवाद असोज ९ भित्र सम्पन्न गर्ने निर्णय भयो, ’उनले भने, ‘क्रियाशीलको अलग्गै कार्यतालिका बन्ने भयो ।’  

हालसम्म कांग्रेसले ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । दसैँपछि हिमाली जिल्लाको मौसम प्रतिकूल हुने भएकाले पदाधिकारी बैठकमा यस्तो निर्णय भएको हो । आजको पदाधिकारी बैठकमा निर्वाचन समितिलाई समेत छलफलका लागि बोलाइएको थियो ।