मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ असोज ७ बिहीबार १५:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जी– २० बैठक : अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध हटाउन चिनियाँ विदेशमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार १५:३७:oo

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन्।  मन्त्री वाङले बिहीबार जी– २० समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका हुन्।

उनले अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकाले त्यो अफगानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरे। उनले यो विषय राजनीतिक सौदाबाजीको विषय हुन नसक्ने पनि स्पष्ट पारेका छन्।

मन्त्री वाङले अफगानिस्तानमा जारी संकट समाधानका लागि यथाशीघ्र  राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन्। चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको उनले जानकारी दिए।  वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ। रासस