१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ७ बिहीबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार १३:३१:oo

१४औँ महाधिवेशनको कार्यतालिकाको विषयमा छलफलका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आज बिहीबार केन्द्रीय निर्वाचन समितिसँग महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुन लागेको हो। 

हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार निर्वाचन समितिले कार्यतालिका हेरफेर गर्न नसकिने जवाफ दिएपछि निर्वाचन समितिसहितको बैठक बस्न लागेको हो। 

निर्वाचन समिति सदस्य तेजबहादुर रावलले पदाधिकारी बैठकमा निर्वाचन समितिलाई बोलाइएको जानकारी दिए। उनले बुधबार पदाधिकारी बैठकले गरेको कार्यतालिका हेरफेरको प्रस्तावका विषयमा छलफल हुन लागेको बताए। 

‘असोज ५ मा पनि हामीले सर्वसहमतिबाट वडाको निर्वाचन नसार्ने  निर्णय गर्‍याैँ । हामी चुनाव नसार्ने पक्षमा छौँ। वडा अधिवेशन भएका ६४ जिल्लाको अधिवेशन कार्यतालिकाअनुसार अगाडि बढ्छ। निर्वाचन समिति स्वतन्त्र निकाय हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘पदाधिकारी बैठकमा पनि हामी यही विषय राख्छौँ।’

क्रियाशील विवादका कारण वडा अधिवेशन नभएका १३ जिल्लाको निर्वाचन के गर्ने भन्ने विषय भने टुंगो लागिनसकेको रावलले जानकारी दिए। बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कांग्रेसले जनाएको छ।

ad
ad
ad
ad