मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७८ असोज १ शुक्रबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार ११:३९:oo

कोभिड– १९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारसँग माग गरेको छ। अध्यक्ष प्रेम गाहामगरले पत्र पठाएर नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यावहारिक मापदण्ड हटाउन अनुरोध गरेका हुन्।

बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको, तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यावहारिक रहेको उल्लेख गरिएको छ।

बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको तथा नेपालबाट बेलायत आउनेले महँगाे खर्चमा होटेलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ।

अधिकांशले कोभिडविरुद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ। अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायत मात्र रहेको हुँदा आफ्नो मागलाई यथोचित रूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ।

बिहीबार नै संघले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ। रासस