मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३० बुधबार १o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको रिट न्यायाधीश रेग्मीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार १o:२७:oo

एमसिसीको सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकेको हो। 

गृहले १८ भदौमा विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो । गृहको विज्ञप्ति खारेजीको माग राख्दै अधिवक्ता प्रवेश केसीलगायतले २३ भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

रिटमा विज्ञप्तिले नागरिक र सञ्चारमाध्यमलाई नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजिएको जिकिर गरिएको छ । रिटमा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाप्रतिकूल जारी गरिएकाले विज्ञप्ति बदर गर्न माग गरिएको छ। 

यसअघि २७ भदौमा पनि न्यायधीश रेग्मीको इजलास तोकिएको थियो। तर, मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।