सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारबाही नगर्न आदेश गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश आदेश जारी गरेको हो ।
सर्वोच्चले निर्वाचन आयोगका नाममा सनाखत नगराउनुको कारण माग गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए ।
रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो । अन्तरिम आदेश माग गरेको सम्बन्धमा छलफलका लागि २९ भदौमा पेसी तोकिएको छ।
‘सो दिन उपस्थित हुन विपक्षीहरूलाई सूचना दिनु र सो मितिसम्म निवेदकहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै काम कारबाही नगर्नू ’ सर्वोच्चको आदेशमा भनिएको छ ।