मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २७ आइतबार १४:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबानविरुद्धको प्रदर्शनमा चारको मृत्यु : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
२०७८ भदौ २७ आइतबार १४:३६:००

अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका छन् । तालिबानविरोधी प्रदर्शनका क्रममा शनिबार मात्र चारजनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानले बल प्रयोग गरेर दमन गरेको बताइएको छ । 

सो क्रममा चारजनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसंघले जनाएको छ । सो कार्यको राष्ट्रसंघले विरोध गरेको छ। झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीहरूमाथि तालिवानहरूले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकुले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ ।

राष्ट्रसंघले नागरिकको शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह पनि गरेको छ । नागरिकले शान्तिपूर्ण रूपमा भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसंघले जनाएको छ । रासस