मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अवरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १३:४७:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रिय सभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश– २०७८ पेस भएको छ। शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरे पनि गृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेस गरेका हुन्।

बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ। जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधानसभा सदस्य भएका थिए।

सो प्रस्ताव पारित गर्नुअघि एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ सांसदलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने बताएका थिए।

एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।