मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार o७:o५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

झिनो अंकले घटेको नेप्सेमा जलविद्युत्तर्फ पुुनः आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o७:o५:oo

सेयर बजार अघिल्ला दिनको कारोबारको तुुलनामा थामिन खोजेको छ । बजार झिनो अंकले घटेर ‘टेक एन्ड ब्रेक’मा रहन खोजेको हो । लगानीकर्ता पुनः बजारले एक चरण करेक्सनको रेखा पार गरेको भन्दै फेरि आकर्षित भएको देखिएको छ । साताको अन्तिम कारोबार बिहीबार केही थामिन खोजे पनि बजार बन्द हुने बखत घटेर यस हप्ताको कारोबार बन्द हुन पुुगेको हो । करेक्सनपछि लगानीकर्ता अझै ‘पर्ख र हेर’कै अवस्थामा भएकाले बजारको गति सुुस्त बन्न पुुगेको विश्लेषकहरू बताउँछन् ।

बजारमा झिनो करेक्सन आउँदा कारोबार रकममा पनि बिस्तारै सुधार देखिएको छ । अघिल्लो दिन ६ अर्बको कारोबार भएकामा बिहीबार सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले लगानीकर्ताले अब सेयर बजारमा करेक्सन सकिएको तर्क गर्न थालेको देखिएको छ ।

राष्ट्र बैंकको नीतिलाई लिएर आलोचनाबीच करेक्सनमा आउनुु र बजार थामिने प्रयासले आगामी बजार पुनः फर्किन सक्ने आधार रहेको लगानीकर्ता बताउँछन् । बिहीबार कारोबारमा आएका १३ समूूहका सूूचकमध्ये जलविद्युुत्, जीवन बिमा, इन्भेष्टमेन्ट र  ट्रेडिङ समूहमा लगानीकर्ता पुनः आकर्षित भएको देखिएको छ । फाइनान्स, माइक्रो फाइनान्स, वाणिज्य बैंकहरूमा अझै पनि लगानीकर्ताको सक्रियता देखिएको छैन ।

नेप्से शून्य दशमलव ६२ अंकले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ बिन्दुुमा पुुगेको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ५३ अंकले घट्दा पाँच सय ३५ दशमलव २९ बिन्दुमा पुुगेर बन्द भएको छ । रिडी हाइड्रोपावर कम्पनी, नागरिक सामूहिक फन्ड, आइसिएफसी फाइनान्स, सपोर्ट फाइनान्स, वित्तीय संस्था, युनिलिभर नेपालको सेयर मूल्य घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् ।

 दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । हिमालयन पावर पार्टनर र सानिमा लाइफ इस्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । रैराङ हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढ्दा यी कम्पनीका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, माउन्टेन हाइड्रोपावर, युनियन हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनीको सेयर मूूल्य  सकारात्मक बनेका छन् । बिहीबार दुई सय ३० कम्पनी कारोबारमा आउँदा एक करोड ४४ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब पाँच करोड रुपैैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।