मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २१ सोमबार १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुलाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १७:४९:oo

कोरोना महामारीसँगै बन्द रहेका काठमाडौंका विद्यालय असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ।  स्थानीय तहसँगको समन्वयमा विद्यालय खुलाउने तयारी प्रशासनले गरेको हो। सोमबार बसेको बैठकले नगर शिक्षा समितिले कोरोनाको जोखिमको अवस्थाबारे जानकारी लिने र त्यसको आधारमा विद्यालय खोल्न सक्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड  संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)मा पेस गर्नुपर्नेछ। शिक्षक-कर्मचारीले खोप लगाए–नलगाएको विवरणसमेत पेस गर्न बैठकले भनेको छ। सामान्य अवस्था देखिएको खण्डमा डिसिसिएमसीले विद्यालय खोल्न अनुमति दिने पराजुलीले बताए।