सत्तागठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप बलियो बनाउनेबारे छलफल भएको बताइएको छ ।
एमाले छाडेका माधवकुमार नेपालको नयाँ पार्टी दर्ता भएपछि गठबन्धन मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएका छन् । शुक्रबार पनि गठबन्धनका शीर्ष नेताहरूबीच सरकार विस्तारका विषयमा छलफल भएको थियो ।