नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट एक सय १४ मतसहित बराल अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडवाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् ।