१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ भदौ १८ शुक्रबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा कोरोना संक्रमणको दर बढ्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १४:o७:oo

बेलायतका शिक्षामन्त्रीले देशमा कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। शिक्षामन्त्री ग्याबिन विलियमसनले बालबालिका विद्यालय जान लागेकाले यहाँ कोरोना संक्रमणको दर अझ बढ्न सक्ने बताएका हुन्।

लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको संक्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्न लागेकाप्रति उनले चिन्ता व्यक्त गरेका हुन्। विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जानेछन्। यसबाट देशमा कोरोना भाइरसको संक्रमणको दर बढ्न सक्ने देखिएको मन्त्री विलियमसनले बताएका हुन्।

उनले विद्यालय खुला भएपछि सबै विद्यालयका शिक्षक, बालबालिका तथा अन्य कर्मचारीको पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताएका छन्। उनले भने, ‘यसैकारणले हामीले बढीभन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छौँ र पहिलेका तुलनामा परीक्षणको कामलाई पनि तीव्र बनाइएको छ।’

ad
ad
ad
ad