Skip This
गृहसचिवद्वारा  कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २१ शुक्रबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहसचिवद्वारा  कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o९:१o:oo

गृहसचिव एकनारायण अर्यालले विपत् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोस्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपतजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले  देशभर मनसुन भित्रिएसँगै हुन सक्ने विपतजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवं समन्वय  गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 
 
प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएकाे मन्त्रालयले जनाएको छ ।

विपत् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगकाे समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताए । ‘स्थानीयस्तरमा विपतजन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ,’ उनले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकाेप्टरदेखि अन्य प्रभावकारी स्रोतसाधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् ।जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उनले बताए । गृहसचिव अर्यालले विपतबाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका  थिए । 

ad
ad
ad
ad