Skip This
कृषि बिमा अनुदानबापतको एक अर्ब ६८ लाख भुक्तानी तत्काल गरिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार o९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि बिमा अनुदानबापतको एक अर्ब ६८ लाख भुक्तानी तत्काल गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o९:२२:oo

सरकारले कृषि तथा पशु बिमा अनुदानको बक्यौतामध्ये तत्काल एक अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बिमा कम्पनीहरूलाई भुक्तानी दिने भएको छ । यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बाली तथा पशुधन बिमा कोषमा ९७ करोड रुपैयाँ रकम पठाइसकेको छ ।

त्यसमा कोषले आफूसँग भएको तीन करोड ६८ लाख रुपैयाँ थप गरेर सोबराबरको रकम कम्पनीहरूलाई वितरण गर्ने निर्णय गरिसकेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । कृषि तथा पशु बिमा गर्दा लाग्ने शुल्कमा ८० प्रतिशत सरकारले अनुदान दिनुपर्ने प्रावधान छ ।

त्यसबापत कम्पनीहरूले सरकारबाट झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता छ । बक्यौता धेरै भएपछि कम्पनीहरूले गत चैत १ गतेदेखि जेठ १७ गतेसम्म यसको कारोबार नै रोकेका थिए । गत जेठ १७ गते मन्त्रालयले तत्काल ९७ करोड रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता गरेपछि जेठ १८ गतेदेखि यसको कारोबार सुरु गरिएको थियो ।

त्यो प्रतिबद्धता गरेको एक महिनापछि बिमा कम्पनीहरूले उक्त रकम पाउन लागेका हुन् । यद्यपि, यसअन्तर्गत अझै साढे एक अर्ब रुपैयाँ बाँकी नै हुन्छ । त्यसका लागि थप ८५ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा रकमान्तरको प्रस्ताव पठाएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

ad
ad
ad
ad