Skip This
बागमतीमा प्रादेशिक यातायात गुरुयोजना लागू
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ असार २१ शुक्रबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बागमतीमा प्रादेशिक यातायात गुरुयोजना लागू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o८:५५:oo

२० वटा प्रदेश लोकमार्ग र दुई सय ३० प्रदेशमार्ग निर्धारण, गुरुयोजनाका लागि सात अर्ब ७८ करोड खर्च गरिँदै 

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक यातायात गुरुयोजना बनाएर कार्यान्वयन अगाडि बढाएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारले निर्धारण गरेको मापदण्डअनुसार सडक छनोट गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी काम थालिएको बताए । गत जेठ २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना स्वीकृत गरेको थियो ।

मन्त्री दुलालले मन्त्रालयले तयार पारेको मापदण्डअनुसार २० वटा प्रदेश लोकमार्ग र दुई सय ३० वटा प्रदेशमार्ग निर्धारण गरेको जानकारी दिए । गुरुयोजना बनाएर काम गर्दा प्रदेश सरकारको लगानी व्यवस्थित हुनुका साथै वैदेशिक लगानीलाई समेत आकर्षित गर्न सकिने मन्त्री दुलालको दाबी छ । उनका अनुसार २० वटा प्रदेशमार्गको कुल लम्बाइ एक हजार ११ किलोमिटर र दुई सय ३० वटा प्रदेशमार्गको कुल लम्बाइ पाँच हजार तीन सय ३२ किमि हुनेछ । 

गुरुयोजनाअन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा सात अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।

मन्त्री दुलालले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी प्रदेशका सार्वजनिक सडकलाई प्रदेश द्रुतमार्ग, प्रदेश लोकमार्ग, प्रदेशमार्ग, प्रदेश सहरीमार्ग र अन्य परिवहनमार्गका रूपमा वर्गीकरण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले प्रदेशले वर्गीकरण गरेको सडकमा सडक केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतिर प्रदेश द्रुतमार्गका लागि २१–२१ मिटर, प्रदेश लोकमार्गका लागि १५ वा १६ मिटर, प्रदेशमार्गका लागि १२–१२ मिटर सीमा रहने बताए । यस्तै, प्रदेश सहकारीमार्ग र अन्य परिवहनमार्गको हकमा भने ऐनमा न्यूनतम पाँच–पाँच मिटर वा आवश्यकताअनुसार हुन सक्ने व्यवस्था रहेको उनको भनाइ छ । 

प्रदेश सरकारले पहिचान गरेका २० वटा प्रदेश लोकमार्गअन्तर्गत भैँसे भीमफेदी–कुलेखानी–सिस्नेरी काठमाडौं सडक– ‘राजधानी मार्ग’, मनहरि–आदमघाट सडक, झुरझुरे–तालढुंगा सडक–‘जनमुक्ति मार्ग’, चौतारा–सिपाघाट–काठमाडौं सडक, मुढे–मैलुङ–शीतली सडक, धादिङबेँसी–तिप्लाङ–स्याफ्रुबेँसी सडक ‘दमन पाख्रिन मार्ग’, दोलघाट–चौँरीदेउराली–गुराँसे–गाल्वा मन्थली सडक, सिन्धुलीमाडी–चकमके–कटारी सडक, पालुङ–चित्लाङ–थानकोट ‘गणेशमान मार्ग’, खिम्ती–रस्नालु–जिरी सडक, बालाजु–नेपालटार–साङ्ला सडकलगायत छन् । 

यस्तै, तीन सय २० वटा प्रदेशमार्गअन्तर्गत काठमाडौं–चित्लाङ सडक ‘इन्द्रसरोवर मार्ग’, कुलेखानी फाखेल, मातातीर्थ–काठमाडौं सडक ‘चन्द्रागिरि मार्ग’, सिमातघुम्ती–जुरेली–धियाल–निजगढ सडक, कुलेखानी–फाखेल–काठमाडौं सडक, मनहरि–चैनपुर–धादिङबेँसी सुनौलो बजार खोस्रेटार गल्छी सडक, बागमती–बख्पर सडक, चौतारा–नवलपुर–मेलम्ची सडक, हेटौँडा चक्रपथ, लेले–चन्दनपुर–ठूला दुर्लुङ सडक, बगुवा–प्युटार–आर्साङ गिम्की सडकलगायत रहेका छन् ।

ad
ad
ad
ad