१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी दुबई
२o८१ जेठ १ मंगलबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी दुबई
नयाँ पत्रिका दुबई
२o८१ जेठ १ मंगलबार १४:५१:oo

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। झडपमा २२ सरकारी समर्थक सेना र ४८ हुथी विद्रोही मारिएका यमनका एक सैन्य अधिकारीलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

४८ घण्टासम्म जारी रहेको झडपमा ५० सरकार समर्थक सेना घाइते भएका छन्।यो क्षेत्र यमनमा सबैभन्दा धेरै तेल पाइने मध्येको एक क्षेत्र हो। हुथि विद्रोहीले यस क्षेत्रमा पकड बनाएमा शान्ति वार्तामा आफ्ना मागहरु बलियो गरी राख्न उनीहरुलाई सहज हुने छ बताइएको छ।

यमनमा सन् २०१४ बाट हुथी विद्रोहीले सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्। गत फेब्रुअरीदेखि विद्रोहीहरुले सरकार नियन्त्रित मारिबमा आफ्नो पकड बनाउन गरेको हिंसात्मक प्रयासका कारण दुबै पक्षका सैयौंले ज्यान गुमाइसकेका छन्।

ad
ad