मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको दल दर्ताविरुद्ध सर्वोच्चमा ओलीका तीन रिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार १७:४४:oo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । दल दर्ताविरुद्ध एमाले अध्यक्ष केपी ओलीको वारेसनामामार्फत छुट्टाछुट्टै तीन रिट दर्ताका लागि पेस गरेका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार रिट दर्ता गर्ने–नगर्ने सम्बन्धमा छलफल भइरहेको छ ।  ‘सर्वोच्चमा तीन रिट दर्ताका लागि पेस भएका छन् । रिटमाथि अध्ययन भइरहेको छ। दर्ताबारे भोलि टुंगो लाग्छ,’ दाहालले नयाँ पत्रिकासँग भने।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ। 

त्यस्तै, सभामुख सापकोटाले कारबाही सिफारिस भएका सांसदको कारबाही रोकेको उल्लेख गरिएको छ। रिटमा एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ। ओलीको वारेसनामाका आधारमा सुमित्रा पाण्डेले सर्वोच्चमा रिट पेस गरेकी हुन् ।