१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार o७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खल्ती एपबाट चार सयभन्दा बढी सहकारीमा पैसा पठाउन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार o७:३९:oo

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले सहकारीको खातामा रकम जम्मा गर्न सकिने सुविधा ल्यएको छ । कम्पनीले हाललाई चार सयभन्दा बढी सहकारीमा रकम पठाउन सकिने सुविधा ल्याएको हो ।

यस सेवाअन्तर्गत प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येकपटक २५ हजार रुपैयाँ र दिनको एक लाख रुपैयाँसम्म निःशुल्क पठाउन सकिने जनाइएको छ । यसरी पठाउने रकम प्रत्येक महिनाको अधिकतम १० पटक वा दुई लाख ५० हजार रुपैयाँ मात्र हुने कम्पनीले जनाएको छ ।

खल्ती केवाइसी भेरिफाई गराएका प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरूले यो सुविधा पाउने कम्पनीले जनाएको छ । नयाँ ग्राहकले पनि खल्ती एप डाउनलोड गरी खल्ती केवाइसी भेरिफाई गरेपछि मात्र यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिङका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन्, ‘खल्तीबाट घरमै बसी सहकारी संस्थाहरूमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकको अमूल्य समय बचाउन सकिने भएको छ । खल्तीको यो सेवाले डिजिटल नेपालको अभियानमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’