१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १५ मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनमा पौडेल पक्षले सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार खोज्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार १७:३८:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार उठाउन प्रयास गर्ने भएको छ। मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा बसेका बैठकले यस्तो निर्णय गरेको हो।  

उम्मेदवारबारे समय नै तोकेर टुंगो लगाउने र सम्भव नभए वडा अधिवेशन (१८ भदौ) अगाडि साझा उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनेबारे बैठकमा छलफल भएको केन्द्रीय सदस्य बलबहादुर केसीले बताए।

‘यसअघिको बैठकमा सभापतिमा मात्रै साझा उम्मेदवार प्रस्तुत गर्ने भन्ने विषयमा छलफल हुने गरेको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, यसपटक एक कदम अगाडि बढेर सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भयो ।’ महाधिवेशनबाहेक सरकार विस्तारका सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए। 
 

ad
ad
ad
ad