मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईश्वर पोखरेलको दाबी– सत्तारुढ गठबन्धन धेरै दिन टिक्दैन  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १७:४५:००

एमाले महासचिव ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन् । पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे । 

सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले एमाले मुलुकलाई सही दिशा दिने गरी अघि बढने बताए । उनले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानु छ । हामी नेसनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौँ ।’

पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको जिकिर गरे । उनले पार्टीको आगामी महाधिवेशनमा आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको पनि बताए । 

सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा उनले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताए । तर, त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढने उनको भनाइ छ ।

उनले भने, ‘मैले के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यकता के पर्छ ? कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । म मनोगत ढंगले भन्न त भनौँला, तर त्यसवेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यकता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । तर, तिमी त्यो क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरि दोेहो¥याउँछु– म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु ।’