मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Friday, 11 July, 2025
२o७८ भदौ १३ आइतबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १६:३६:oo

सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन्। गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो। तर, वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ।

वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत आव २०७७/०७८ का लागि ३० दलित घर छनोट गरेको भए पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण कार्य रोकिएको छ। चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नु/नगराउनु भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिए।

तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ। वडा कार्यालयले सो कार्यक्रमअन्तर्गत आफूहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिलेसम्म खातामा रकम नआएको स्थानीयवासी रत्न सदाले बताए। उनले भने,'यहाँका लाभग्राहीमध्ये १५ जना सुरक्षित नागरिक अवास कार्यक्रमबाट बञ्चित भएका छौँ।' 

वर्षौंदेखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि ३० मुसहर दलित परिवार बिचल्लीमा परेको स्थानीयवासीको गुनासो छ। जग्गा यकीन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ। सुरक्षित नागरिक आवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ। रासस