मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Wednesday, 18 December, 2024
देवेन्द्र कार्की धरान
२o७८ भदौ १२ शनिबार १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरान–रामधुनी सीधा सम्पर्कका लागि छोटो दूरीको सडक बन्ने

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की धरान
नयाँ पत्रिका धरान
२o७८ भदौ १२ शनिबार १४:२o:oo

धरान उपमहानगरपालिका र धार्मिक पर्यटकीय नगर रामधुनीबीच सीधा सम्पर्कका लागि छोटो दूरीको सडक निर्माण गरिने भएको छ । धरान–१९ देखि रामधुनी नगरपालिका जोड्नका लागि सडक निर्माण गर्न लागिएको हो ।

रामधुनी नगरपालिका र धरान उपमहानगरपालिकाको साझेदारीमा सडक निर्माण गर्न लागिएको हो । सडसको करिब पाँच किलोमिटर दूरी जंगलक्षेत्र पर्ने भएकाले सडकको नाम नै हरियाली मार्ग राखिएको छ । 

सात किमीभन्दा लामो उक्त सडक १५ फिट चौडाइको हुनेछ । सडक निर्माणका लागि सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राईले गत वर्ष केही बजेटसमेत छुट्याएका थिए । धरान–रामधुनी जोड्ने हरियाली मार्ग र मदनभण्डारी सहायक राजमार्ग जोड्ने छोटो दूरीको सडक हुनेछ ।

सडक बनेपछि रामधुनी नगरपालिकालगायत तल्लो भेगका यात्रु र बिरामी बोक्ने एम्बुलेन्सलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न तथा कृषि र दूधजन्य वस्तु ढुवानीमा सहज हुनेछ। हाल यो सडकको ट्रयाक निकालिएको छ ।

धरान या रामधुनी आउने पर्यटकले पनि छिटो र सजिलै दुवै क्षेत्र भ्रमण गर्न सक्नेछन्। सडक सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तरोन्नति गर्न दुवै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गर्ने सहमति भएको धरान उपमहानगरका मेयर तिलक राईले बताए । यस विषयमा मेयर राई, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला वन कार्यालय सुनसरीका प्रमुख दानबहादुर श्रेष्ठबीच छलफल भएको छ । दुवै नगरपालिकाका प्राविधिकसमेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वन, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरूसँगसमेत समन्वय गरी अघि बढाउने निर्णय भएको छ ।