मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १२ शनिबार ११:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १२ शनिबार ११:३०:००

गृहमन्त्री बालकृष्ण खाँणले वर्षात् जारी रहेकाले पूर्वतयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र  प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का वेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे ।

मानिसको जीउज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका वेला उपलब्ध स्रोत तथा साधन उचित रूपले प्रयोग गर्न  गृहमन्त्री खाँणले आग्रह गरे । 

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाँणले छलफल गर्नुका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आस्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।