मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ११ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रेग्मीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १६:४९:oo

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। शुक्रबार सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

यसअघि  साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले बिपी प्रतिष्ठानमा छापा मारेको थियो। छापा मारेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो। छापा मारेकै दिन नयाँ पत्रिकाले व्यापारी र बिचौलियाहरूसँगको मिलेमतोमा हुने अनियमितताबारे विस्तृत सामग्री सार्वजनिक गरेको थियो। पढ्नुहोस् रिपोर्ट- बिपीको आन्तरिक लेखापरीक्षण रिपोर्ट : मिलेमतोमा करोडौँका ठेक्का, व्यापारीले नै बनाए ‘स्पेसिफिकेसन’ 

प्रतिष्ठानका पूर्वउपकुलपति डा. बिपी दास, डा. राजकुमार रौनियार, हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका दर्जनौँ भ्रष्टाचारका मुद्दा अख्तियारमा विचाराधीन छन्।