१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ भदौ ८ मंगलबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान्–श्रीमतीको झगडा छुट्याउन आएका छिमेकीको हत्या, चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ भदौ ८ मंगलबार १८:२७:००

श्रीमान्–श्रीमतीको झगडा छुट्याउन आएका छिमेकीको हत्या आरोपमा प्रहरीले मोरङको मिक्लाजुङबाट चारजनालाई पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका– ६ स्थित भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउन पुगेका छिमेकी ४५ वर्षीय धनराज लिम्बूको हत्या आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा श्रीमतीसँग झगडा गर्ने रविन तामाङ, उनका साथीहरू सोही ठाउँका २५ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बमजन रहेका छन् ।

भदौ ३ गते साँझ साढे ८ बजेतिर श्रीमान्–श्रीमतीको झगडा छुट्याउन गएका छिमेकीहरू ४५ वर्षीय धनराज लिम्बू र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई उनीहरूले लाठीले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घाइते कार्की सामान्य घाइते भएकोले स्थानीय अस्पतालमा उपचारपछि घर फर्के पनि गम्भीर घाइते धनराजको उपचारका क्रममा ५ भदौमा विराटनगरमा मृत्यु भएको हो।

चारैजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।