१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका उपेन्द्र खनाल
२o७८ भदौ ८ मंगलबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तनहुँमा उद्योग दर्ता गर्ने बढे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, उपेन्द्र खनाल
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o८:५५:oo

अनुदान पाइने भएपछि कृषि र पशुफार्ममा सर्वसाधारणको आकर्षण

घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा उद्योग दर्ता गर्नेको संंख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २ हजार १ उद्योग दर्ता भएकामध्ये बढी मात्रामा कृषिफार्म रहेका छन् । 

पछिल्लो समय कृषितर्फ राज्यले अनुदान दिने व्यवस्था गरेपछि सर्वसाधारणहरू त्यसतर्फ आकर्षित भएका हुन् । दर्ता गरिएकामा कृषि तथा वन्यजन्तुतर्फ १ हजार २ सय १९, पर्यटनतर्फ ३ सय २३, उत्पादनमूलक १ सय २९, सेवामूलक ३ सय ११ र निर्माण उद्योगतर्फ १९ उद्योग रहेका छन् । आर्थिक वर्ष ०७६/७७ मा १ हजार २ सय ७४ उद्योग दर्ता भएका थिए । 

निषेधाज्ञाको समयमा पनि फार्म दर्ता गर्न आउने सर्वसाधारणको संख्या वृद्धि भएको उद्योग प्रशासन प्रमुख मेनका रिमाल कट्टेलले बताइन् । कोभिड–१९ को महामारीलाई पनि पर्वाह नगरी सर्वसाधारणहरू फार्म दर्ता गर्न कार्यालय आउँथे । उनले भनिन्, ‘यो उनीहरूको व्यवसायप्रतिको रुचि पनि हो । संक्रमणले जताततै बन्दाबन्दीको अवस्था भएपछि देश नै आक्रान्त बनेका वेला उनीहरूले फार्म दर्ता गरी व्यवसाय गर्न अग्रसरता देखाउनु अत्यन्तै प्रशंसनीय छ ।’ 

तनहुँमा २० हजार ४ सय ३९ उद्योग
जिल्लामा अहिलेसम्म २० हजार ४ सय ३९ उद्योग दर्ता भएका छन् । यीमध्ये सदरमुकाम दमौलीमा बढी छन् भने दुलेगौडा, खैरनीटार, डुम्रे, भीमादलगायतका बजार क्षेत्रमा पनि उत्तिकै हाराहारीमा रहेका छन् । 

आर्थिक वर्ष ०७७/७८ सम्ममा जिल्लामा उद्योगतर्फ ११ हजार ३ सय ३५ र वाणिज्यतर्फ ८ हजार ९ सय ३२ गरी कुल २० हजार २ सय फार्म दर्ता भएका छन् । कार्यालयले ०७७/७८ मा १ करोड १४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

महिलाको नाममा दर्ता गर्ने बढे
पछिल्लो समय महिलाको नाममा फार्म दर्ता गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले सुलभ ब्याजदरमा महिला उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाममा फार्म दर्ता गर्नेको संख्या बढेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले बताए । उनले भने, ‘पछिल्लो समय राज्यले राम्रो गर्ने कृषकका लागि अनुदानको व्यवस्था गरेको छ । त्यसकारण पनि सर्वसाधारणहरू फार्म दर्ता गर्न आएका हुन् ।

अझै बढी त कृषि र पशुफार्म दर्ता गर्ने बढी छन् । किनभने, कृषि र पशुमा अनुदान लिन सजिलो हुने ठानी उनीहरू फार्म दर्ता गर्न आकर्षित भएका हुन् ।’ त्यसैगरी महिला, दलित समुदाय र विपन्न वर्गका व्यक्तिले प्राइभेट फार्म रजिस्ट्रेसन गर्न चाहेमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था भएकाले पनि पुरुषको नाममा रहेको फार्म पनि महिलाको नाममा नामसारी गर्ने गरेको कार्यालयले जनाएको छ ।

ad
ad
ad
ad