मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ७ सोमबार ०६:१८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ का लागि नेपाली टोलीको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ७ सोमबार ०६:१८:००

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवान्युगिनी (पिएनजी)सँग हुने  एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले  १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्सन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा गुल्सनले स्थान बनाउँदा पहिलोपटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन् । गुल्सनसँगै अर्का तीव्र गतिका बलर विक्रम साेव, शरद भेषवाकर र रोहितकुमार पौडेलले पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ भने उक्त सिरिजअगाडि पिएनजीसँग दुई एकदिवसीय खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ । त्रिकोणत्मक सिरिजअगाडि पिएनजीसँग नेपालले भदौ गते २० पहिलो र भदौ २३ गते दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि खेलतालिका भने सार्वजनिक भएको छैन ।

लिग– २ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा हार व्यहाेरेकाे छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले आठ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।