१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ४ शुक्रबार o७:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धरानमा बजाजको नयाँ सोरुम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार o७:३८:oo

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधासम्पन्न नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘अर्ब्रिरन एन्ड ब्रदर्स अटो’को नाममा सेल्स, सर्भिस र स्पेयर्स पार्टस्सहितको सोरुम सञ्चालनमा ल्याएको हो । 

सोरुमका लागि अर्ब्रिरन एन्ड ब्रदर्स अटोका प्रोप्राइटर अब्र्रिन तामाङलाई डिलरसिप प्रदान गरिएको कम्पनीले जनाएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । 

नयाँ सोरुम उद्घाटन गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले बजाजका ग्राहकहरू निरन्तर वृद्धि भइरहेकाले उनीहरूको पूर्ण सन्तुष्टि र सुविधालाई ध्यान दिँदै धरानमा सोरुम सञ्चालनमा ल्याएको बताए ।

नयाँ सोरुम विस्तारसँगै धरानआसपासका ग्राहकलाई बजाज मोटरसाइकल किन्न, मर्मत गर्न तथा नयाँ अनुभव बटुल्ने अवसर प्राप्त हुने उनको भनाइ थियो । सोरुम उद्घाटनको अवसरमा अर्ब्रिरन एन्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको जनाइएको छ ।