१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ३ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राजधानी न्युज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार १o:o६:oo

राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनकाे बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष थिए । उनी  सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी स‌ंघको संस्थापक अध्यक्ष थिए । 

 उनका श्रीमती, तीन छोरा र एक छोरी छन्  । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए । 

ad
ad
ad
ad