१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Sunday, 30 June, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १३ बिहीबार १८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दैनिक ज्यालादारी कर्मचारी निकालेर आफन्तलाई भर्ना

अवकासपछि आफन्तलाई भर्ना गराइ पुरानैले  हाजिरी गर्छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार १८:३१:oo

वीरगन्ज महानगरपालिका– १४ बहुवरीमा रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखले मनोमानी तरिकाले दैनिक ज्यालादारीका कर्मचारी हटाएर आफ्ना आफन्तलाई भर्ना गरेको पाइएको छ। कार्यालय प्रमुख मनोरन्जनकुमार सिंहले केही वर्षदेखि कार्यरत दैनिक ज्यालाका कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नरहेको भन्दै हटाएर सोही ठाउँमा आफ्ना आफन्तलाई भर्ना गरेका हुन्।

सिंहले करिब चार महिनाअघि दैनिक ज्यालादारीमा काम गर्दै आएका चारजनालाई हटाएर आफ्ना आफन्तलाई भर्ना गरेको जागिरबाट निकालिएका सर्फुदिन मियाँ देवानले बताए। कार्यालय प्रमुख सिंहले आफ्ना आफन्तलाई भर्ना गर्नकै लागि तलब खुवाउन नसक्ने बहानामा एकैपटक चारजनालाई हटाएकाे उनी बताउँछन्।

सुरक्षा गार्डका रूपमा कार्यरत देवानसँगै गेस्ट हाउस रेखदेख गर्दै आएका प्रशान्त बस्नेत, डाल्फा पदमा कार्यरत राकेश थापा र लेखा शाखामा कार्यरत रचना थापालाई सिंहले हटाएका हुन्। तलब खुवाउन बजेटको बहाना बनाए पनि छोटो समयमै आफ्ना आफन्तलाई भर्ना गरेको भन्दै देवानले भने, ‘तलब खुवाउन नसक्ने अवस्थामा पुराना व्यक्तिलाई हटाएको केही दिनमै कसरी नयाँलाई राख्न सकियो?’

देवानसँगै बस्नेत र थापालाई पनि तलब खुवाउन नसक्ने भन्दै हटाइएको हो। कार्यालयमा तलब खुवाउने रकम अभाव भनी पुरानालाई हटाएर नयाँ मान्छे राखेकोमा उनीहरूको पनि आपत्ति छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिए पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

दैनिक ज्यालादारी हटाएर करारमा भर्ना
कार्यालयका प्रमुख मनोरन्जनकुमार सिंहले दैनिक ज्यालादारीका कर्मचारी निकालेर करार सेवामा अन्य व्यक्तिलाई भर्ना गरेका छन्। दैनिक ज्यालादारीका कर्मचारी हटाएका सिंहले आफ्ना आफन्त पर्ने महोत्तरीका पुरारीकुमार मण्डल, सप्तरीमा अवधेश सिंह र राजविराजका दिपक सिंहलाई नियुक्त गरेका पाइएको हो।

यस्तै, सोही कार्यालयका इन्जिनियर नवीन सिंहका भान्जा गुल्सन सिंह पनि दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारी स्रोतले जनाएको छ। स्रोतका अनुसार कार्यालयमा कार्यरत इन्जिनियर ललित यादवले पनि आफ्नो सालो श्याम अधिकारीलाई नियुक्ति दिलाएका छन्। उनी तलब खाएर केही दिनदेखि कार्यालयमा आउनसमेत छाडेका छन्।

कर्मचारी स्रोतका अनुसार कार्यालय प्रमुख सिंहले रावणप्रसाद यादव, रामकान्तप्रसाद यादव, रामकिशोर थारू र अनिल कुशवाहालाई पनि दैनिक ज्यालादारीमा भर्ना गरेका छन्।

यस सन्दर्भमा कार्यालय प्रमुख सिंह भने ड्युटीको समयमा बारम्बार कार्यालयमा नभेटेकाले उनीहरूलाई हटाइएको बताउँँछन्। मनसहिद देवानका छोरा सर्फुदिन देवान र धु्रव बस्नेतका छोरा प्रशान्त बस्नेतले बुबाको ठाउँमा जागीर पाएको र कार्यालयमा नहुने गरेकाले हटाएको उनले बताए।

‘काम नगर्ने कर्मचारीहरु हटाएर केहीलाई भर्ना गरिएको छ। मेरो आफन्त नै हुन् भने कसरी भन्न सकिन्छ ?’ उनले प्रश्न गरे। कामबाट हटेको समयदेखि उनीहरुले कार्यालय काम गर्न समेत डिस्टर्ब गरेको सिंह बताउँछन्।

अवकाशपछि आफन्तलाई भर्ना गराइ पुरानैले  हाजिरी गर्छन्
सोही कार्यालयमा अवकास भइसकेका कर्मचारीले सोही पदमा आफ्ना मान्छेलाई भर्ना गराएर आफैं काम गरी तलब बुझ्दै आएका छन्। कार्यालयमा डाल्फा पदमा काम गरेर झगरु साह ०७४ सालमा अवकाश भइसकेका छन्। तर, अहिले उनको ठाँउमा उनकी श्रीमती फुलादेवीलाई भर्ना गरिएको छ । काम गर्न भने झगरु नै आउने गरेका कर्मचारी स्रोतले जनाएको छ।

लामो समयसम्म झगरुजस्तै डाल्फा पदमा काम गरेका हरिन्द्र कुर्मीले पनि अनिवार्य अवकाश पाइसकेका छन्। तर, उनले पनि आफ्ना आफन्त सचिन्द्र कुर्मीको नामबाट तलब बुझ्दै आएका छन्। स्रोतका अनुसार अनिवार्य अवकाश भइसकेका झगरु र हरिन्द्र अहिले आफैँ कार्यालय पुगेर हाजिरी गर्दै आएका छन्।

तर, अवकाश भएका कर्मचारीले हाजिरी गरेको विषय भने कार्यालय प्रमुख सिंहले अस्वीकार गरे । ‘विगतमा भएको काम कार्वाहीको बारेमा जानकारी भएन । अहिले त्यस्तो कुनै पनि कर्मचारी छैनन्,’ उनले भने।

ad
ad
ad
ad