मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३२ सोमबार २२:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३२ सोमबार २२:२९:००

प्रमुख प्रतिपक्षी दल एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमबार अबेर बसेको शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको नेता छविलाल विश्वकर्माले जानकारी दिए । 

स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बिहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै ओलीनिकट एमाले नेताहरू बालकोटमा भेला भएर छलफल गरेका हुन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको ओलीनिकट नेताहरूको बुझाइ छ । 

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन हुने निष्कर्षका साथ आवश्यक रणनीति बनाउन ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको उनीनिकट एक नेताले बताए । 

विघटित कार्यदलले एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्न सकेको छैन । नेताहरू आरोप–प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन् । नेपाल पक्षले अघि सारेको समान हैसियत र हस्ताक्षरको मागलाई ओलीले अस्वीकार गर्दै आएका छन् ।