मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १७:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल र ईश्वर पोखरेलबीच एमालेको आन्तरिक एकताबारे छलफल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १७:००:००

एमालेको आन्तरिक एकता सबल बनाउने विषयमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालनिकट रावल र अध्यक्ष केपी ओलीनिकट पोखरेलबीच आइतबार छलफल भएको हो । 

पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत २७ असारमा १०बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका छन् । 

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाको विघटन, सर्वाेच्च अदालतको पुनस्र्थापनाको फैसला र नयाँ सरकारलाई समर्थनजस्ता विषयमा एमालेमा मतभेद उत्पन्न हुँदै आएको छ ।