मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सांकेतिक तस्बिर
२०७८ श्रावण ३० शनिबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोमा परेर जुम्लामा एकै घरका तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ श्रावण ३० शनिबार १२:५०:००

तातोपानी गाउँपालिका-७ ताम्ती गाउँमा एकै घरका तीनजनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १० वर्षीय छोरा सन्देश रावतकाे शुक्रबार पहिरोमा पुरिएर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलो तर्ने वेलामा उनीहरूलाई बाढीपहिरोले बगाएको छ। 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरूले खोला तर्ने र थुनिएको बाढी फुट्ने सँगसँगै भएपछि उनीहरूलाई बगाएको रहेछ ।'

राति अबेरसम्म पनि घर नपुगेपछि घरपरिवारले उनीहरूको खोजी कार्य थालेको थियो । शुक्रबार वडाध्यक्ष मक्कर रावत र टोप्ला प्रहरीचौकीबाट खटिएको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भए पनि बाढीपहिरो एकैसाथ आएर बगाएको स्थानीयले बताएका छन् ।