१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार २१:४९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर धितो कर्जामा कडाइ गरेको लगानीकर्ताको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार २१:४९:००

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव ०७८/७९ को मौद्रिक नीतिमा सेयर धितो कर्जा केही कडाइ गर्दै व्यक्तिगत कर्जाको सीमा तोकिदिएको भए पनि कर्जाको सीमा भने यथावत् राखिएको छ । यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइएको छ ।

जसमा ठूला लगानीकर्ता भने समग्रमा पुँजी बजारका लागि सकारात्मक भए तापनि सीमित कर्जा तोक्नुु ठूला लगानीकर्तालाई निरुत्साहित गर्न खोजिएको सेयर लगानीकर्ता बताउँछन् । लगानीकर्ता अम्बिकाप्रसाद पौड्याल समग्रमा मौद्रिक नीति पुुँजी बजारका लागि सकारात्मक भएको बताउँछन् । मौद्रिक नीतिमा कुन उद्देश्य वा मनसायबाट सीमित कर्जाको व्यवस्थामा कडाइ गरेको हो, प्रस्ट पार्नुपर्ने उनको भनाइ छ । कर्जा सीमा तोक्नुु, ठूला लगानीकर्ताका लागि निरुत्साहित पार्नु गलत भएको पौड्यालको बुझाइ छ ।  

पुुँजी बजारलाई प्रोत्साहन गर्ने किसिमको मौद्रिक नीति आउने कुरा भए पनि तुलनात्मक रूपमा सकारात्मक रहेको लगानीकर्ता नयन बास्तोला बताउँछन् । कर्जाको सीमाले सुरुमा केही समस्या देखिने सम्भावना रहे पनि गहिराइमा जाँदा सकारात्मक रहेको उनको भनाइ छ । बजारमा सबैको सहभागिता होस्, ठूला क्यापिटल हुनेहरूको प्रभाव नपरोस्, सबैले सेयर लोन प्राप्त गरून् भन्नका लागि अहिलेको नीतिले ठीक गरेको बास्तोला बताउँछन् । 

नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि पुँजी बजारको हिसाबमा मौद्रिक नीति सकारात्मक रहेको बताउँछन् । समग्रमा मौद्रिक नीति सकारात्मक भए पनि कर्जाको विषयमा अड्को नथापिएको भए अझ राम्रो हुने उनको भनाइ छ । बढी कर्जाले लिएर बजारलाई वा वित्तीय क्षेत्रलाई कुनै त्यस्तो प्रभाव नपारेका अवस्थामा कर्जामा अंकुश लगाउनुुले कुरो बुझ्न नसकेको उनको भनाइ छ । सेयर बजारमा लगानी गर्नेको संस्था थपिँदै गएको अवस्थामा व्यक्तिको हक वा संस्थाका कर्जाको विषयमा एकपटक पुनः विचार गर्नुुपर्ने उनको जिकिर छ । 

पुुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल पनि कर्जाबाहेक समग्रमा सकारात्मक रहेको बताउँछिन् । धितो कर्जाको मार्जिन सीमा नघटोस् भन्ने थियो, त्यो यथावत् राखेको हुँदा समग्रमा सकारात्मक रहेको उनको भनाइ छ ।