१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Saturday, 29 June, 2024
२o७८ श्रावण २९ शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीकै गाडीबाट हाम फालेर भागे अभियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार १८:१८:oo

 कोरोना परीक्षणका लागि अस्पताल  गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् । जबर्जस्ती करणी मुद्दाका अभियुक्त विनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् । 

महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पिसिआर परीक्षणका लागि वीर अस्पताल लगेको थियो । अस्पतालबाट फर्कने क्रममा न्युरोडमा उनी भागेका हुन् । प्रहरीको गाडी जाममा परेको वेला उनी गाडीबाट हाम फालेर भागेको  र उनको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।  

उनलाई अस्पताल लैजाने जिम्मेवारी पाएका प्रहरीमाथि समेत छानबिन सुरु गरिएको काठमाडौं परिसरले जनाएको छ ।

ad
ad
ad
ad