मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २९ शुक्रबार १७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल पक्षको आन्तरिक जटिलताका कारण सरकारले पूर्णता पाएन : विश्वप्रकाश शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २९ शुक्रबार १७:५७:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलताका कारण सरकारले पूर्णता पाउन नसकेको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए ।

उनले भने, ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरूको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरू रहेको वेलामा उहाँहरू एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्गप्रशस्त प्राप्त गर्छ ।’